कार्डिफ सिटी रेलिगेसन जोनबाट माथि उक्लियो

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा कार्डिफ सिटी विजयी भएको छ । उल्भरह्याम्पटनलाई २–१ ले पराजित गरेको कार्डिफ सिटी रेलिगेसन जोनबाटसमेत माथि उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा कार्टिफको जितमा आरोन गुनार्सन र जुनियर होइलटले गोल गरे । खेलमा अग्रता भने उल्भरह्याम्टनले लिएको थियो । १८ औं मिनेटमा म्याट डोकर्टीले गोल गर्दैसुरुवाति अग्रता दिलाए । तर दोस्रो हाफमा कार्डिफ खेलमा फर्कियो ।

उसका लागि गुनार्सनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए भने ७७ औँ मिनेटमा होइलटले गोल गर्दै जित दिलाए । जितपछि १४ खेलबाट ११ अंक भएको कार्डिफ १५ औँ स्थानमा उक्लिएको छ । १६ अंकसहित उल्भरह्याम्टर ११ औं स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस