प्रधानमन्त्री कन्सर्टमा पुग्दा बालेनको पक्षमा हुटिङ भएपछि…

काठमाडौं । संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजित कन्सर्टमा काठमाडौंका मेयर बालेन्द्र शाहका समर्थक र कन्सर्ट समर्थकबीच धकेलाधकेल भएको छ । बालेन समर्थकहरूले हुटिङ गरेपछि विवाद भएको हो ।

बालेनसमर्थकले प्रधानमन्त्री कन्सर्टमा पुग्दा पनि ‘बालेन, बालेन…’ भन्दै हुटिङ गरेका थिए  । प्रहरीका अनुसार, घटनामा सामान्य भनाभन मात्रै भएको थियो । बालेन समर्थकहरूले आफूहरूमाथि कुटपिट भएको आरोप लगाएका छन्, तर प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

‘कन्सर्ट’मा एलमेन्टस् ब्यान्ड र कुटुम्ब ब्यान्डले विशेष प्रस्तुति दिएका थिए । त्यसबाहेक दीपक लिम्बू, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, स्वप्न सुमनलगायतका कलाकारले प्रस्तुति दिएका थिए ।

धरहरा परिसरमा पनि बालेनको पक्षमा हुटिङ भएको छ, भने नयाँबानेश्वरमा संविधानविरोधी प्रदर्शनका क्रममा केही युवाहरू पक्राउ परेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मको टिकट बुक

काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएपछि पहिलो दिन धरहरा चढ्नेहरुको भीड लाग्यो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds