सीके राउतबाट ज्यानको खतरा रहेको निवेदन लिएर प्रहरीमा पुगिन् पत्नी सोनी सिन्धु

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु शान्ति सुरक्षाको माग गर्दै निवेदन लिएर प्रहरीका पुगेकी छन् । उनी राउतको तर्फबाट विभिन्न किसिमका धम्की र मानसिक यातना भोगेको बताउँदै ललितपुरस्थित इमाडोल प्रहरी प्रभागमा निवेदन दिन पुगेकी हुन् ।

सिन्धुका अनुसार प्रहरीबाट निवेदन लिन आनाकानी भएको थियो । सातदोबाटो प्रहरी वृत्तका डीएसपी चित्र भट्टराईले सोनी सिन्धुको निवेदन लिन मातहतका अधिकारीलाई निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘मैले प्रभागलाई निवेदन लिन भनेको छु ।’

सिन्धुले श्रीमान् राउतबाट ज्यान मार्ने धम्कीसमेत पाएको र तीन नाबालिग सन्तानहरूबाट अलग गरिदिने धम्की दिइएको बताइन् । यद्यपि, बिहीबार प्रहरीमा दिएको निवेदनलाई तत्काल दर्ता नगरिएको र आज (शुक्रबार) थप छलफलका लागि बोलाइएको उनले बताइन् ।

डा. राउत र उनकी पत्नी सोनी सिन्धु एउटै घरको अलग तल्लामा बस्दै आएका छन् । उनीहरूका तीन सन्तान, एक छोरा र दुई छोरी, आमा सिन्धुसँग बसिरहेका छन् । राउतले पनि यसअघि प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए भने ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको माग गर्दै रिट दायर गरेका छन् ।

सोनी सिन्धुले भने आफू हालका लागि राउतलाई छाड्ने मनस्थितिमा नरहेको बताइन् । उनले भनिन्, ‘सन्तानहरू नाबालिग छन्, उनीहरूलाई आमा-बुवाको माया आवश्यक छ । म अंश लिएर सन्तानलाई छाडेर अलग हुन चाहन्नँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मको टिकट बुक

काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएपछि पहिलो दिन धरहरा चढ्नेहरुको भीड लाग्यो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds