कैलाली कारागारभित्र एक कैदीकाे मृत्यु

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दीपक विकको सोमबार मृत्यु भएको हो ।

दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री