काठमाडौं । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले जितेकी छिन् । अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमाले ताज पहिरेकी हुन् ।
उमंग क्रियसन्सका डाइरेक्टर भूमि पाठकले विजेता प्रेमालाई ताज पहिराएकी थिइन् । प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की थिए ।
ओरीफ्रेम बेष्ट अवार्ड ज्योति खड्काले हात पारिन् । टप आउट बेष्ट इन स्विमिङ टाइटल आकृति कुँवर, एफएनएन टप मोडलको टाइटल सञ्जु केसी, ट्याङ्युरीटि इस्पा मिस फिटनेस टाइटल प्रेमाले हात पारेकी थिइन् ।
प्रतिकृया दिनुहॊस