काठमाडौँमा इन्द्र ध्वजोत्थानसँगै सुरु भयो इन्द्रजात्रा

काठमाडौँ। आइतबार हनुमान ढोका दरबार क्षेत्रको कालभैरव परिसरमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्र ध्वजोत्थान गरिएको छ। विगतदेखि मनाइँदै आएको यो ऐतिहासिक पर्वको सुरुवात लिङ्गो ठड्याउने परम्पराबाट हुन्छ।

भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हात अग्लो लिङ्गो यस वर्षको भदौ २६ गते बिहान १०:३२ बजेको शुभ साइतमा भोटाहिटीबाट तानेर हनुमान ढोका परिसरमा पुर्‍याइएको थियो। त्यसपछि आज बिहान ८:२६ बजेको शुभ साइतमा लिङ्गो ठड्याएर इन्द्र ध्वजोत्थान गरिएको हो।

इन्द्रजात्रामा लिङ्गो ठड्याउने परम्पराको सुरुवात काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि भएको मानिन्छ। यो परम्परागत धार्मिक कार्यलाई इन्द्र ध्वजको रूपमा चिनिन्छ। लिङ्गो ठड्याएपछि इन्द्रजात्राको विधिवत् सुरुवात भएको मानिन्छ।

इन्द्रजात्रा काठमाडौँको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक पर्वहरूमध्ये एक हो, जहाँ विभिन्न धार्मिक, सांस्कृतिक, र परम्परागत कार्यहरू सम्पन्न गरिन्छ। यस पर्वमा कुमारी, गणेश, र भैरवको रथयात्रा, देवीदेवताका पूजा-अर्चना, र विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिन्छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds