काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डबाट ट्रक त्रिशूली नदीमा खसेको छ । चितनको भरतपुर महानगरपालिका-१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको हो ।
आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी दिए ।
दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहॊस