ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड- १ को प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड- १ ले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ।

गत भदौ २८ गते बसेको ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

फण्डको कोष प्रबर्द्धकमा ग्लोबल आइएमई बैंक छ भने योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामै १५ हजारसम्म सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ ।

प्रतिकृया दिनुहॊस