टीभीएसको बाइक तथा स्कुटीको फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा

काठमाडौँ । टीभीएस मोटर कम्पनीले रेडर (एफआई), एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र रेडिअन (एफआई) नेपालमा सार्वजनिक गरेको छ। टीभीएसका यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु हुन् ।

टीभीएस रेडर एफआइ भेरियन्ट : टीभीएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बिच लोकप्रिय रहेको छ। हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पुर्‍याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ । यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस् कि लामो सवारीको लागि किफायती बनाउँछ।

राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन्। टीभीएस रेडर एफ़आइ भेरियन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रङ्गहरूमा उपलब्ध छ ।

टीभीएस एनटर्क भेरियन्ट:

टीभीएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ। यस भेरियन्टमा पाइने कुराहरु :

• सुपीरियर थ्रॉटल रेस्पोन्स: उन्नत एफआइ प्रणालीले राइडरहरु बिच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ।

• इको-फ्रेन्डली राइड : राम्रो फ्युल व्यवस्थापनको साथ, टीभीएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्न मदत गर्दछ ।

• अत्याधुनिक डिजाइन: एफआइ भेरियन्टले एनटर्कको आइकोनिक डिजाइन एलीमेंटहरु कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ ।

टीभीएस रेडिअन एफआइ भेरियन्ट:

आधुनिक यात्रीको लागि डिजाइन गरिएको टीभीएस रेडिअन एफआइले १५ % माइलेज दिन्छ , जसले हरेक यात्रालाई स्मार्ट, सहज र प्रभावकारी बनाउँछ। यस भेरियन्टमा पाइन सकिने फाइदाहरू :

• स्थायित्व: रेडिअन एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने माइलेज र प्रदर्शन दिन्छ। यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ।

• आरामदायी र सुविधाजनक – यस भेरियन्टमा भएको लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल, दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल गियर सेल्फ-स्टार्ट सुविधाले , सवारीको अनुभव बढाउन्छ।

• सुरक्षित : सुरक्षालाई ध्यानमा राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक, र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ, ।

टीभीएस रेडर , टीभीएस एनटर्क र टीभीएस रेडिअनका नयाँ एफआइ भेरियन्टहरू अब नेपालभरका सबै अधिकृत टीभीएस डिलरशिपमा उपलब्ध छन्। टीभीएस रेडर एफआइ को मूल्य रु २,९२,९००/- , टीभीएस एनटर्क एफआइ को मूल्य रु २,७९,९००/- र टीभीएस रेडिअन एफआइको मूल्य रु २,३६ ,९०० रहेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस