नेपाल युथ समिटको प्रमुख वक्तामा व्यवसायी विनोद चौधरी

काठमाडौं । नेपाल युथ समिटको प्रमुख वक्ताको रुपमा व्यवसायी विनोद चौधरी सहभागी हुने भएका छन् ।

राष्ट्र निर्माण मञ्च नेपालले आगामी भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट गर्दैछ । समिटमा करिब ५०० युवाको सहभागिता रहने आयोजकले बताएको छ ।समिटमा चौधरीसहित नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर मनोज ज्ञवाली, भरत ढकाल, उद्यमी विदुषी राणा र खेलाडी पलेशा गोवर्धन पनि वक्ताको रूपमा सहभागी हुनेछन् ।

यसका साथै समिटमा अभिनेता अनुप विक्रम शाही, अभिनेत्री निता ढुङ्गाना, उषा रजक, गायक रामजी खाण, गायिका टिका पुन, राधिका हमाल, सांसदहरू सोविता गौतम र मैना कार्की पनि वक्ताको रूपमा सहभागि हुनेछन् ।

समिटले आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिकलगायत विषयमा विषयगत छलफल गरी साझा संकल्पसहितको सात बुँदे घोषणापत्र समेत जारी गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री