एनसेलको आयोजनामा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । कम्पनीले कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।शिविरमा ३०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएको कम्पनीले बताएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मुटु रोग लगायत अन्य रोगका विशेषज्ञहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।शिविरमा ईसीजी, मधुमेह तथा रक्तचाप जाँच लगायतका सेवा प्रदान गरिएको थियो भने आवश्यकता अनुसार निःशुल्क औषधि समेत वितरण गरिएको कम्पनीले बताएको छ ।

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका–३, फुलिका स्वास्थ्य चौकीमा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।कम्पनीले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कम्पनीको कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले जानकारी दिइन् ।

समुदायस्तरका नागरिकका लागि फाइदा हुने काम गर्न कम्पनी सधैं प्रतिबद्ध रहेको खड्काले जानकारी दिइन् ।कम्पनीले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शेयर बजारमा गिरावट

काठमाडौं । साताको तेस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ११.२४ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस