कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले तोडे अनसन

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै अस्ती मङ्गलबारदेखि शुरू गरेको अनसन गएराति तोडेका छन् । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी र कार्कीबीच लिखित सहमति भएपछि अनसन तोडिएको हो ।

अनसनप्रति प्रदेश सरकारले गम्भीर ध्नाकर्षण भएको जनाउँदै जायज मागहरु पूरा गर्ने र कतिपय माग प्रदेश सरकारको बजेटमा उल्लेख गरी रकम समेत विनियोजन भइसकेको र कार्यान्वयनको तहमा रहेको सहमतिपत्रमा उल्लेख छ । सम्बोधन हुन नसकेका मागहरुलाई सरकारले पूरा गर्ने जनाएको छ । नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा उनले अनसन तोडेका हुन् ।

थापा र कोइरालासँग पूर्व मुख्यमन्त्रीका मागका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्तम कार्कीले छलफल गरेका थिए । दिनभरि भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेकोमा मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पारेका थिए । पूर्व मुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा शुरू गरेका कार्यक्रम कटौती भएको भन्दै त्यसको बिरोधमा आमरण अनसन शुरू गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । …

प्रतिकृया दिनुहॊस