१ सय २६ घण्टासम्म नाचेर नेपाली चेलीले राखिन् विश्व रेकर्ड

काठमाडौं । १७ वर्षीया नेपाली किशोरी बन्दना नेपालले १ सय २६ घण्टासम्म निरन्तर नाचेर विश्वकै सबैभन्दा लामो समय नाच्नसक्ने एकल व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्ड बनाएकी छन् ।

गत नोभेम्बर २३ शुक्रबार नाच्न सुरु गरेकी उनी २८ नोभेम्बरसम्म निरन्तर नाचिरहेकी थिइन् । गिनिज वल्र्ड रेकर्डका प्रतिनिधि, मिडिया, परिवारका सदस्य र आफन्तका बीच उनी काठमाडौंको एक रेष्टुरेण्टको हलमा नेपाली संगीतको तालमा नचेकी हुन् ।

भारतकी कलामन्डलम हेमलथाले यसअघि सन् २०११ मा १ सय २३ घण्टा १५ मिनेटको निरन्तर नाचको रेकर्ड तोड्दै बन्दनाले रेकर्ड राखेकी हुन् । नाचको यस रेकर्डपछि उनका बावु राम नेपालले औधी खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

बन्दना भने निरन्तर नाचका कारण थकान र निन्द्राका कारण केही दिनसम्म मिडियासामु अन्तरवार्ता दिन नसक्ने भएकी छन् । बन्दना काठमाडौंकै एक कलेजको १२ मा बिजनेश म्यानेजमेन्ट अध्ययनरत छात्रा हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस