एमाले-माओवादी चर्काचर्कीपछि संसद् स्थगित

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ ३० गते सम्मका लागि स्थगित भएको छ । सदन सञ्चालनमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले भदौ ३० गते बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

‘हिंसा’ असंसदीय शब्द नभएको सभामुखको रुलिङपछि माओवादीले आपत्ति जनाउँदै सदन अवरोध गरेको थियो । त्यसपछि एमाले र माओवादबीच भनाभन भयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराएका हुन् । त्यसलगत्तै माओवादी सांसदहरूले अवरोध गरे ।

संसदमै एमाले-माओवादीबीच चर्काचर्की​समेत भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री