रविको चेतावनी- उपसभामुख हटाउन खोज्नु आत्मघाती गोल हुनेछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट नहटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । आज –बिहान) बसेको सचिवालय बैठकपपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर त्यस्तो कदम नचाल्न अनुरोध गरेको जानकारी दिए ।

‘प्रधानमन्त्रीसँग मैले गलत गर्दै हुनुहुन्छ भनेर भेटेर भनेको हो । जे सोंचेको छ त्यो सत्य हो भने घातक हुन्छ भनेर मैले भनेर आएको हो’, लामिछानेले भने । जवाफमा ओलीले आफू नेपाली कांग्रेससहितका दलसँग छलफलमा रहेको प्रतिक्रिया दिएको उनले बताएका छन् । यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरूका लागि आत्मघाती हुने चेतावनी समेत उनले दिएका छन् ।

‘कांग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्न सक्ने मतदाताको ३० प्रतिशत मात्रै हो । ७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरूले गर्छन्, यो हेक्का रहोस् । ७० प्रतिशतलाई ३० प्रतिशतले च्यालेञ्ज नगरे हुन्छ । उहाँहरूको यो आत्मघाती गोल हुन्छ । आफ्नै पोस्टमा गोल हान्ने विचार गर्नु भएको छ भने मेरो भन्नु के छ र ?,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रदेश संरचना हटाउन सकिन्न : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । काँग्रेसको …

प्रतिकृया दिनुहॊस