सनराइज बैंकद्वारा ११ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कर सहित चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बिहीबार सम्पन्न बैंकको ३०३औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । सभाले पारित गरे पश्चात कम्पनीले उक्त पुँजीको रकमका आधारमा ९३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस