गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौँ । गुराँस लघुवित्तको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।

मंगलबारको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

सञ्चालक समितिले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री