भेस्पा र अप्रिलियाले दिँदै छन् चाडपर्वमा ‘खुसी तीन गुणा’

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका निम्ति आधिकारिक वितरक डेल्टा अटो कर्पले चाडपर्वका अवसरमा आफ्ना ग्राहकलाई ‘खुसी तीन गुणा’ नामक अफर सार्वजनिक गरेको छ । यसमार्फत ग्राहकले तीनथरीका उपहार र धेरै खुसी पाउनेछन् ।

हरेक भेस्पा वा अप्रिलियाको खरिदमा ग्राहकले १० हजारदेखि ७५ हजार रुपैयाँसम्म नगद छुटका साथ ६ हजारबराबरको स्मार्टवाच तुरुन्तै पाउने कम्पनीले जनाएको छ ।

यस्तै, हरेक हप्ता लक्की ‘ड्र’मार्फत होनोर २०० ५जी र बम्पर उपहारस्वरूप एकजोडीलाई चार रात पाँच दिनको बाली भ्रमणको अवसर प्रदान गरिनेछ ।

विशेष गरी युवावर्गमाझ लोकप्रिय बनेको भेस्पा र अप्रिलियामा एक्सचेन्ज सुविधाका साथ सरल फाइनान्स र फ्री एक्सेसरिज पनि उपलब्ध छ ।

चाडपर्वको सीमित अवधिका निम्ति लागु यो अफरअन्तर्गत ग्राहकले भेस्पा वा अप्रिलिया खरिद गर्नेबित्तिकै स्मार्टवाच र १० हजार रुपैयाँ जित्ने निश्चित रहेको कम्पनीले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होनरले ल्यायो दशैंको लागि रमाइलो अफर : थाइल्यान्ड भ्रमण र थप पुरस्कार

काठमाडौँ । होनर नेपालले प्रतीक्षित दशैं अफर शुरु गरेको छ । यो अफरमा ग्राहकहरूको लागि …

प्रतिकृया दिनुहॊस