राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने छन् । उक्त योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ ।

बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्नेछ । साथै थप जानकारी आवश्यक परेमा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

राष्ट्र बैंकको नयाँ निर्देशिका: बचत र ऋण कारोबारलाई कडाइ, सहकारीका लागि नयाँ नियमावली

काठमाडौं । सरकारले सहकारी क्षेत्र व्यवस्थापनका लागि अध्यादेशमार्फत नयाँ कानुन लागू गरेपछि नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको वित्तीय गतिविधिलाई व्यवस्थित गर्न नयाँ मापदण्डको मस्यौदा सार्वजनिक गरेको छ । सहकारी क्षेत्रमा देखिएको वित्तीय अपारदर्शिता र असन्तुलनलाई सम्बोधन गर्दै सोमबार राष्ट्र बैंकले “बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशिका तथा मापदण्ड” को प्रारम्भिक खाका प्रस्तुत गरेको हो ।

प्रतिकृया दिनुहॊस