प्याजेन्ट नेपालको आयोजनामा तिज महोत्सव, गरियो सामाजिक कार्य

  • महोत्सवमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविरदेखि घरेलु उत्पादनको प्रदर्शनी र र्‍याम्प शो

काठमाडौं । प्याजेन्ट नेपालको आयोजनामा तीज महोत्सव सम्पन्न भएको छ । शोभा बुटिक तथा राष्ट्रखबरको प्रस्तुतिमा आयोजित उक्त महोत्सव प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा डेढदर्जन बढी महिला उद्यमी अपांगहद्वारा उत्पादिन खाद्यान्न, कपडा, घरेलु उत्पादनबाट उत्पादित वस्तुहरूको प्रदर्शनी स्टल राखिएको थियो ।

समारोहमा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल, ओम चाबहिल डेन्टल, नेपाल भारतमैत्री अस्पताल तथा एएसजी आई केयरबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । देश विदेशमा विभिन्न अवार्ड समारोह, फेशन शो सांस्कृतिक कार्यक्रम, पर्यटन प्रवद्र्धनका लागि गरिने विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको प्याजेन्ट नेपालले सो कार्यक्रममा ‘मिस एण्ड मिसेस तीज’को समेत आयोजना गरेको थियो ।

४० जनाभन्दा बढी प्रतियोगीले भाग लिएको उक्त प्रतियोगितामा अविवाहित महिला तथा विवाहित महिलाको सहभागिता थियो । विभिन्न उमेर समूहमा रहेको सहभागीमध्येबाट विभिन्न शीर्षकमा उपाधि प्रदान गरिएको थियो । प्रतियोगिताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकमा वरिष्ठ रेडियोलोजिष्ट डा. सुशीलजंग शाह, डर्माटोलोजिष्ट डा. अपर्णा शाह, इन्टरनेशनल रनवे मोडल दीपक घिमिरे, गायिका सरस्वती खत्री ‘सुरसुधा’, हबिव्सका प्रमुख सेजल जलान, मुम्बईबाट आउनुभएकी अन्तर्राष्ट्रिय मोडल ऐश्वर्य उपाध्याय तथा भारतीय वरिष्ठ सञ्चारकर्मी एवं इभेन्ट डाइरेक्टर सविता भारती राणाले विजेतालाई उपाधिको प्रमाणपत्र तथा ताज पहिराइदिनुभएका थिए ।

विजेतालाई विभिन्न गिफ्ट हृयाम्परसमेत उपलब्ध गराइएको थियो । प्रतियोगिताको कोरियोग्राफी लविन अन्सारी र सुमी बानियाँले गरेका थिए भने कार्यक्रममा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेतको ‘सत्यम शिवम् सुन्दरम’ बोलको नृत्यलाई दर्शक दिर्घाबाट निकै रुचाइएको थियो ।

कार्यक्रममा गायक आनन्द कार्की, गायिका मञ्जु थापा, गायक सपन श्रेष्ठ, गायिका सरस्वती खत्री सुरसुधा, गायिका पुजन काफ्ले, गायिका सुजाता केसी, नृत्यंगना रोमा न्यौपाने, वर्षा कार्की तथा होचा पुड्का कलाकारले आ(आफ्नो प्रस्तुति दिएका थिए ।

महोत्सवमा मोडलहरूले मौलिक पहिरनमा र्‍याम्प शो पनि गरेका थिए । कार्यक्रमबाट उठेको केही रकम स्नेही काखमा हस्तान्तरण गरिने योजना रहेको आयोजक समितिका अध्यक्ष राज लुइँटेलले जानकारी दिए । महोत्सवको आयोजक समितिमा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेत, वरिष्ठ समाजसेवी एवं महिला उद्यमी शोभा गुरुङ, मोटिभेसनल स्पिकर पूर्ण लामा, संस्थाका कानुनी सल्लाहकार दुर्गाप्रसाद पाण्डे, दीक्षा पुडासैनी, मुकेश बस्नेत रहेका थिए ।

तीज पर्व मनोरञ्जन मात्र नभई सामाजिक सेवा पनि हो भन्ने सन्देश प्रवाह गर्नका निमित्त यस किसिमको आयोजना गर्नुपर्ने शोभा गुरुङले बताए । मिस नेपाल सुगारिका केसीले गर्नुभएको कार्यक्रममा विभिन्न क्षेत्रका विशेष व्यक्तित्वको उपसस्थिति थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds