ऐतिहासिक पदक विजेता पलेशालाई एनसेलले १० लाखले सम्मान गर्ने

काठमाडौं । पेरिसमा आयोजित पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई १० लाख रुपैयाँ र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो । एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।

‘म एकदमै हर्षित छु । तेक्वान्दोको यात्रा शुरु गरेको हिजामात्र जस्तो लाग्छ, त्यति बेला पारालिम्पिकको यस्तो उचाईमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोचेकै थिइनँ । मैले सपना देख्ने हिम्मत गरे र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ । मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ र त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरें । साँच्चै म एकदमै खुसी छु । यो पदक मेरो होइन देशको हो । नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेकी छु ।’

पलेशाले भनिन्, ‘मेरो यस यात्रामा मैले धेरै अविश्वसनिय व्यक्तित्वहरुसँग भेटे र सबैले मेरो सफलताको लागि धेरै सहयोग गर्नुभएको छ । यस क्षणमा म मेरो परिवार, तेक्वान्दो एसोसिएसनका मेरा प्रशिक्षक लगायत एनपीसी नेपाल, मेरो स्पोन्सर्स तथा मेरो साथीहरुलाई धेरै–धेरै घन्यवाद दिन चाहन्छु । गत वर्ष एसियन पारा गेम्सदेखि मेरो परिवार जस्तै बनेको एनसेललाई उहाँहरुको साथ, हौषला र म प्रतिको दृढ विश्वासको लागि म विशेष आभारी छु । यो जित सँगै मेरो जीवनको नयाँ अध्यायको सुरुवातको लागि म उत्सुक छु ।’

पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो । यो जित नेपालको र सम्पूर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो । एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकको रिफर अफर- तिमीलाई पनि मलाई पनि !

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत ‘तिमीलाई पनि मलाई पनि’ …

प्रतिकृया दिनुहॊस