मेट लाइफले ल्यायो वानबाइ एपमार्फत स्वास्थ अवस्था बुझ्न सकिने सुविधा

काठमाडौं । मेट लाइफ नेपालले वानबाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्यांकन(हेल्थ रिस्क अस्सेसमेन्ट) सुविधा शुरु गरेको छ ।

यो विशेष अफर सेप्टेम्बर २०२४ को अन्त्यसम्म उपलब्ध रहने कम्पनीले बताएको छ । जसले एपमा दर्ता गर्ने जो कोहिले पनि आफ्नो स्मार्टफोन क्यामेराको प्रयोगबाट ५० सेकेन्डमा स्वास्थ्य जाँच गर्न सक्नेछन् ।

यो आकर्षक सुविधा सरल र प्रयोग गर्न सजिलो रहेको कम्पनीको भनाइ छ । फोनको क्यामेरा प्रयोग गरेर एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्छ र तुरुन्तै मुख्य स्वास्थ्य मेट्रिक्स जस्तै मुटुको दर, श्वासप्रश्वासको दर, रक्तचाप, अक्सिजन स्तर, र तनाव स्तरहरू मापन गर्दछ ।

सम्पूर्ण प्रक्रिया गर्दा एक मिनेटभन्दा कम समय लिन्छ र सही नतिजाहरूको साथ प्रयोगकर्तालाई स्वास्थ्यका महत्त्वपूर्ण सूचकहरूको ट्र्याक राख्न मद्धत गर्दछ ।

यो सेवाका लागि प्रयोगकर्ताहरूले वानबाइ मेटलाइफ एप डाउनलोड गरेर दर्ता गर्नुपर्छ । दर्ता गरेपछि प्रयोगकर्ताहरूले लगइन गर्न सक्नेछन्। निः शुल्क स्वास्थ्य जोखिम मूल्यांकन सुविधा या त होम ड्यासबोर्डबाट वा एपमा उपलब्ध ३६० हेल्थ आइकनबाट छनौट गरेर प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।

यो सीमित समयको अफर हो भन्दै कम्पनीले नवीन स्वास्थ्य उपकरणको अधिकतम उपयोग गर्न र लाभ लिन समेत अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds