चितवन र मकवानपुरमा भारी वर्षा

काठमाडौं । चितवन र मकवानपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको हो ।

त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ । यस्तै चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर वर्षा भएको छ ।

ओखलढुंगामा ३६.२ मिलिमिटर वर्षा भएको छ। चितवनकै देवघाटमा पछिल्लो एक घन्टामा ३३.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री