कांग्रेस केन्द्रीय समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । यहि भदौ ११ गते बस्ने भनिएको बैठक आज अपराहन्न २ बजेदेखि बस्ने भएको हो ।

सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्ताव बारे विवाद भएपछि आजको लागि बैठक बोलाइएको छ ।

यस अघि शनिबार बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ ।

सभापति देउवाले अहिले दुवै प्रस्तावमा परिमार्जनसहित पारित गर्ने सहमति भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोटो खिच्ने क्रममा चितवनकाे वैकुण्ठ तालमा खसेर गौतमको मृत्यु

काठमाडौं । चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । …

प्रतिकृया दिनुहॊस