काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एशिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । बैंकले प्रयोगकर्तालाई हवाई टिकटमा १०% छुट र अन्य सुविधा दिने गरी कार्ड सार्वजनिक गरेको हो ।
कार्ड बैंक र यती एयरलाइन्सका सबै ग्राहकले पाउनेछन्। कार्ड प्रयोग गरेर यती एयरलाइन्सको टिकट खरिद गर्ने ग्राहकले १० प्रतिशत छुट र अन्य सुविधा पाउने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकले प्रत्येक कारोबारमा माइलेज पोइन्टसका साथै ५ किलो अतिरिक्त ब्यागेज सुविधा पाउनेछन्। ग्राहकले यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुट पाउनेछन्। कार्ड लिनका लागि ग्राहकले बैंकको शाखा कार्यालयमा आवेदन दिनुपर्नेछ।
तपाईंको प्रतिकृया




