अल्फा क्यापिटलले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनका लागि कम्पनीले एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच आईपीओ निष्कासनका लागि हस्ताक्षर गरेका हुन्।

कार्यक्रमम कति रकम बराबरको आईपीओ निष्कासनमा ल्याउने भन्ने उल्लेख गरिएको छैन। अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक श्रेष्ठले अल्फा क्यापिटलले आईपीओ जारी गर्ने तयारी गरेको जानकारी दिए।

अल्फा क्यापिटल सफल व्यावसायिक तथा उच्च वृद्धि सम्भावना भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो। यसले विभिन्न क्षेत्रका कम्पनीहरुमा लगानी गर्दै आएको छ।

आईपीओ जारी गरेर पुँजी बजारमा सूचीकृत भएपछि कम्पनीको दायरा, क्षेत्र र जिम्मेवारी अझै विस्तार हुने विश्वास कम्पनीको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds