स्टार माइक्रो इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु २२,५०,००,००० रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरू प्रति शेयर मूल्य रु। १०० को दरमा सर्वसाधारणहरूमा निष्कासन गर्नको कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस इन्स्योरेन्स कम्पनीले वि.सं २०७९ पुष १४ गते दर्ता भई वि.सं २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरूमार्फत लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds