प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्री सक्रिय, गृहसचिवलाई दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता दिलाउन सक्रियता देखाएका छन् । उनको वास्तविकताले सबैको मन छोइरहेका बेला प्रधानमन्त्रीले तत्काल नागरिकता दिलाउन पहल गरेका हुन् ।

प्रकाशको लागि पहिलो आवश्यकता नै नागरिकता रहेको प्रधानमन्त्रीले बताए । ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईँलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईँ र प्रकाश तामाङसँग सम्पर्क भयो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ ।’

यो पनि : कथाले छोयो, प्रकाशलाई भेटेर कुरा सुन्न चाहन्छु – प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने उल्लेख गरेका छन् । ‘नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो,’ उनले अगाडि भनेका छन्, ‘उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

पहाडी र हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम …

प्रतिकृया दिनुहॊस