अन्ततः मुकुल ढकाल रास्वपाको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । बिहान बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

ढकाललाई रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफमा उनले सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । यसले पार्टीलाई हानी गरेको निष्कर्षसहित उनलाई साधारण सदस्य पनि नहरने गरी हटाइएको हो ।

पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर कारबाही गरिएको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले बताए । ‘अनुशासन आयोगले यसअघि नै यथेष्ट प्रमाणहरू बुझाइसक्नुभएको थियो उहाँलाई कारबाही गरियोस् भनेर । तर, पार्टीले उहाँलाई स्पष्टीकरणको मौका दिएका थियौँ,’ उनले भने, ‘उहाँको स्पष्टीकरणमाथि पनि छलफल गर्‍यौँ । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर कारबाही गरेका छौँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds