फाइल फोटो

फेरि सईसहित २० प्रहरी सम्पर्कविहीन भएको सूचना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन २० जना प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिँदै सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो । प्रहरी नायव निरीक्षक (सई) देखि प्रहरी जवानसम्म २० जना प्रहरी झण्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ ।

गैरहाजिर हुनेमा तीन जना सई, एक जना असई, दुई जना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । समयमै हाजीर भए सफाइको मौका दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्यथा प्रहर नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड च कोसुर अनुसार सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।

हेर्नुस् सूचना :-

0

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds