चट्याङ लागेर प्रधानाध्यापक कार्कीको मृत्यु

काठमाडौं । सल्यानमा चट्याङ लागेर एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका-१ का वडाध्यक्ष रविलाल खत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार साँझ ५ बजे चट्याङ लागेर कार्कीको मुत्यु भएको हो । सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई तोकेका …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds