नेपाल बैंकले ल्यायो तीजको अवसरमा महिला बचत खातामा छूट सुविधा

काठमाडौं । नेपाल बैंकले हरितालिका तीजको अवसरमा महिलाहरूको वित्तीय पहुँच र समावेशीकरणको वृद्धिका लागि महिला बचत खाता शून्य मौज्दातमा खोल्न सकिने सुविधा ल्याएको छ ।

यो सुविधा भदौ १ गतेदेखि भदौ ३१गतेसम्म लागू हुने कम्पनीले बताएको छ ।साथै कम्पनीले पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता, मेरो शेयर, सी आस्वा रजिष्ट्रेसन सेवा निःशुल्क गरेको छ । यसका साथै कम्पनीले लकर सेवामा राख्नुपर्ने धरौटी रकम राख्नु नपर्ने तथा कमिशन शुल्कमा समेत शतप्रतिशत छूट प्रदान गरिएको बताएको छ ।

हाल कम्पनीमा करिब ४३ प्रतिशत महिला कर्मचारीहरु कार्यरत छन् । कम्पनीले हाल मुलुकभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटीएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds