सेयर बजारमा ७९.८८ अङ्कको गिरावट

काठमाडौं । नेप्सेमा ठुलो गिरावट आएको छ । आइतबार नेप्से ७९.८८ अङ्कले घटेर २८९४.५७ विन्दुमा पुगेको छ ।

आइतबार ३३३ कम्पनिको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै वीन नेपाल लघुवित्त, उपकर लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मन्दाकिनी हाइड्रोको सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको हिसाबले सबैभन्दा बढी अपि हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने अपिकै सबै भन्दा बढी २२ लाख ७८ हजार ७८७ कित्ता शेयर कारोबार भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामसङको ‘भव्य दसैँ–तिहार, घरभरी उपहार’ अफर सार्वजनिक

काठमाडौँ । चाडपर्वको अवसरमा सामसङले आगामी कार्तिक ३० गतेसम्म लागू हुने गरी अफरको घोषणा गरेको …

प्रतिकृया दिनुहॊस