जनता बैंक र नेपाल नेत्रज्योती संघबीच सम्झौता

काठमाडौं । जनता बैंक र नेपाल नेत्रज्योति सँघबीच  सम्झौता  भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत चालु आर्थिक बर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन गर्ने विषयमा सम्झौता गरेको हो ।सम्झौता अनुसार शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने छ ।

यस बर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धि बिरामीको परिक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशनको समेत व्यवस्था बैंकले
मिलाएको छ ।

उक्त सम्झौतापत्र  जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. तिर्थप्रसाद मिश्रले  आदान प्रदान गरे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री