स्वदेश फर्केपछि परराष्ट्रमन्त्रीले भनिन्- मोदीसँगको भेटवार्ता उपलब्धिमूलक

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत भ्रमण सफल र फलदायी भएको बताएकी छन् । बिहीवार परराष्ट्रमन्त्री राणा भारतको पाँच दिने औपचारिक भ्रमण सकेर अपरान्ह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आइपुगेकी हुन् ।

सो अवसरमा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले भारतमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको बताइन् ।

प्रधानमन्त्री मोदीसँगको भेटवार्ता उपलब्धिमुलक रहेको दाबी गरिन् । उनले पाँच दिने भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भुमिका निभाउने विश्वास व्यक्त गरिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । …

प्रतिकृया दिनुहॊस