सरकारले हटायो टिकटक प्रतिबन्ध

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध खुलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ ।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि सामाजिक विकृति बढाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रदेश संरचना हटाउन सकिन्न : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । काँग्रेसको …

प्रतिकृया दिनुहॊस