साफ यू-२० च्याम्पियनसिपः आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । बीस वर्ष मुनिको च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ । प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हो ।

नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ । उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो । श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो ।

बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । भारत र भुटानले एकरएक खेल जितेका छन् । शुक्रबार भारत र माल्दिभ्सबीचको खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds