मन्त्रिपरिषद्को बैठक बस्दै, टिकटक प्रतिबन्ध हट्ने सम्भावना

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज अपराह्न ५ बजे बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्ने सम्भावना छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ।

प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए।

टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds