सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबाार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । दुई दिन घटेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसदिन सुनको मूल्य एकैपटक तोलामा ८ सय रुपैयाँ बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेद गरेको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यसअघि भदौ २ गते सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कायम भएको छ । मंगलबार यसको मूल्य प्रतितोला १ हजार ८ सय २० रुपैयाँ कायम थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds