पाठेघरको बायोप्सी निकाल्न खोज्दा महिलाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले दोषी चिकित्सकलाई कारबाहीको माग गरेका हुन् । अस्पतालमा मंगलबार पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी एक महिलाको मृत्यु भएको हो ।

आफन्तहरूले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानबिन गर्न माग गरेका छन् । भरतपुर महानगरपालिका-१२ मुनालचोकमा बस्दै आएकी ३९ वर्षीया सम्झना काफ्लेको मृत्यु भएको थियो । लठ्याउने सुई लगाएपछि होस नआई राति ९ बजे उनको मृत्यु भएको बताइएको छ ।

आइसियुमा राखी उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै छानबिन गरी दोषी उपर कारबाहीको माग गरेको अस्पतालको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । ‘पाठेघरमा सिष्ट भएपछि उनको अप्रेसन गरेर बायोप्सी निकाल्न लागिएको थियो । उनको मुटुमा पहिल्यैदेखि समस्या रहेछ,’ उनले भने, ‘बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसियुमा राखियो तर, बचाउन सकिएन ।’

उपचाररत बिरामीको मृत्युपछि देखिएको समस्या समाधान गर्न सम्बन्धित पक्ष राखेर बैठक बसेर समाधान गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले छानबिन समिति राख्न माग गरेपछि घटनाको जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकमार्फत समाधान गर्न थालिएको उनले भनाई छ ।

मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds