दिगो कृषिका लागि एग्रोटेक नेपालले ल्यायो ‘नाइट्रो बुस्टर’

काठमाडौं । नेपालका किसानहरूले रासायानिक मलको प्रयोगबाट भोगिरहेको समस्या समाधान गर्न वातावरण अनुकूल नाइट्रो बुस्टर सार्वजनिक गरेको छ । मानिसको कपालमा हुने नाइट्रोजन प्रोसेसिङ गरी निकालिने यस नाइट्रो बुस्टरले बोटविरुवालाई कुनै हानी नगर्ने गरी तयार पारिएको हो ।

नाइट्रो बुस्टरको प्रयोगपछि रासायानिक मलको समेत प्रयोग कम हुँदै जाने र भविष्यमा प्रयोगै गर्न नपर्ने नाइट्रो ग्रो एग्रोटेकका संस्थापक आधारबाबु खतिवडाले जानकारी दिए । नाइट्रो बुस्टरको प्रयोगले माटाको उर्वराशक्ति बढाउने दिगो कृषि कार्यको लागि सहयोगी हुने उनले बताए ।

मानिसको कपालमा केराटिन हुने र त्यसले माटोमै नाइट्रोजन प्रदान गर्ने भएका कारण यसले बालीलाई पोषण तत्व प्रदान गर्ने एग्रोटेकका अभिनव ढकालको भनाइ छ । रासायानिक मल निकै महंगो पर्ने समयमा नपाइने भएका कारण पनि आफूहरूले नाइट्रो बुस्टर निकालेको ढकालले जानकारी दिए ।

जलवायु परिवर्तनको असरसँगै कृषि क्षेत्रमा पनि यसले असर पारेको हुँदा वातावरण मैत्री सामग्रीको प्रयोग बढाउँदै जानुपर्ने भन्दै कम्पनीले नाइट्रो बुस्टर सार्वजनिक गरेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds