मुग्लिङ-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुङ्गा खस्यो

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ ।

मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने ३ नं. पुलमा नारायणगढ तर्फ आउँदै गरेको बा एडी ८३२२ नम्बरको कारलाई माथिबाट ढुङ्गा खसेर लागेको चितवन प्रहरीले जनाएको छ ।

कारमा ढुङ्गा लागे पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । ढुङ्गा सानो रहेको र कारको अगाडीपट्टी छेउमा लागेको तस्बीरमा देख्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप