बझाङ पहिरोमा ज्‍यान गुमाउनेका परिवारलाई सरकारले ४ लाख राहत दिने

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखको दरले राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत दिने घोषणा गरेका हुन् ।

गए राति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको छ । स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो । पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की, नातिनीहरू छ वर्षीया आकृति र तीन वर्षीया लक्ष्मी धामीको ज्यान गएको छ ।

घटनामा परेर छ जना घाइते भएका छन् । पहिरोमा परेको परिवारको तत्काल उद्धार र राहतका लागि निर्देशन दिएको मुख्यमन्त्रीले जनाएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds