फाइल तस्वीर

सहकारी प्रकरण : रवि लामिछानेसँग बयान लिने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । यसअघि बोलाउने तयारी गरे पनि विभिन्न कारणले मिति सरेको समितिका एक सदस्यले जानकारी दिए ।

‘प्रमाण बिना बोलाउने कुरा भएन । प्रमाण थप सशक्त बनाउने तयारी भइरहेको छ । त्यसका लािग अर्को व्यक्तिको बयान हुनेछ,’ उनले भने, ‘भदौ ७ गतेतिर उहाँलाई बोलाएर बयान लिनुपर्छ भन्ने तयारी छ, तलमाथि पनि हुन सक्छ । पहिले पनि सरेको हो ।’

समितिले आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिइसकेको छ । लामिछानेसँग जोडिएका कुमार रम्तेल, रोशनी गुरुङलगायतसँग बयान लिइसकेको छ । यिनीहरूको बयानबाट सभापति लामिछानेविरुद्ध थप प्रमाण बलियो बनाउने तयारी गरेको छ ।

‘उहाँ (लामिछाने) को नाममा छानबिन गर्ने भन्ने त होइन । गोर्खा मिडियाको छानबिन गर्दा जिम्मेवार व्यक्ति भएकाले उहाँलाई बोलाउने तयारी गरेका छौं,’ ती सदस्यले भने । उनका अनुसार बयानका क्राममा विपिन आचार्यले कम्पनीको प्रबन्ध निर्देशक लामिछाने भएपछि उनकै हस्ताक्षर चल्ने हो भनेर बयान दिएका छन् ।

समितिले गोरखा मिडियाअन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजन सुरुवाती लगानीकर्ता छविलाल जोशी र रवि लामिछानेलाई एकै दिन बोलाउने तयारी गरेको समितिका अर्का सदस्यले बताए । जोशीको आमाको निधन भएको र ६ भदौसम्म किरियामा बस्नुपर्ने भएकाले समितिले जोशीसहित रविलाई ७ भदौमा बोलाउने तयारी गरेको हो ।

लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभि सञ्चालन गर्न विभिन्न सहकारीबाट गैर कानुनी रुपमा कर्जा लिएको आरोप छ । गोरखा मिडिया नेटवर्कबाट सञ्चालिन ग्यालेक्सी टेलिभिजनमा राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । लामिछानेकै भनाइअनुसार उनले कम्पनीमा १५ प्रतिशत स्वेट शेयर लिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।अनुमति …

प्रतिकृया दिनुहॊस