तोलामै ३ हजारले बढ्यो सुनको मूल्य, बन्यो ऐतिहासिक रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसदिन सुनको मूल्य एकैपटक तोलामा ३ हजार रुपैयाँ बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेद गरेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यसअघि गत साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार ८ सय १० रुपैयाँमा कायम भएको छ । शुक्रबार प्रतितोला १ हजार ७ सय६० रुपैयाँ कायम थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई मोटर्स र रिलायन्स फाइनान्स बीच ७० % सम्मको सवारी साधन फाइनान्सिंगका लागि सम्झौता

काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्स बीच ७० % सम्मको सवारी साधन फाइनान्सिंगका लागि रणनीतिक …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds