रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु, किशोरी घाइते

काठमाडाैं ।  रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ४ बजेतिर जिल्लाको रोल्पा नगरपालिका–२ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पा अनुसार पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भई सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगरको मृत्यु भएको हो ।

सुनछहरी गाउँपालिका–३ मौलावन घर भई सोही चर्चमा बस्दै आएकी १८ वर्षीया नौभा घर्ती मगर घाइते भएकी छन् । घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार जारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई जना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds