नेप्सेमा रेकर्डमाथि रेकर्ड : एकैदिन २९ अर्ब ९५ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको हो । यस दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

गएको सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यो यसअघिको उच्च कारोबार थियो ।

बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ ।१०५ कम्पनीको सेयर मूल्य बढेको छ । १३७ कम्पनीको सेयर मूल्य घटेको छ ।

फाइनान्स, ‘अन्य’, उत्पादन तथा प्रशोधन, जीवन बिमा र लघुवित्त समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक समूहको भएको छ । यो समूहको परिसूचक ५.६५ प्रतिशतले बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस