१५ उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । अवधि पूरा गरेका, फाजिलमा रहेका, काजमा खटिएका, मन्त्रीका सचिवालयमा माग भएका आधारमा उपसचिवहरुको सरुवा गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा महिला, बालबालिका मन्त्रालयमा सरुवा भएका छन् ।

राष्ट्रिय महिला आयोगका माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेका छन् । ऊर्जा मन्त्रालयका उपसचिव हेमराज भुसाललाई राष्ट्रिय महिला आयोगमा पठाइएको छ । महिला, बालबालिका मन्त्रालयकी उपसचिव नीता शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

वन तथा वातावरण मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काजमा रहेका रत्नेश शशीलाई महिला बालबालिका मन्त्रीको सचिवालयमा सरुवा गरिएको छ । उपसचिव रविन ढकाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेका छन् । संघीय मामिलाको अतिरिक्तमै रहेका रामहरी पाण्डे राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् । फणिन्द्रप्रसाद पौडेलको रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीमा कामकाजमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत कार्यरत ईश्वरीराज ढकालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै सरुवा भएको छ ।

उपसचिव सुरेशराज जोशी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कृष्णप्रसाद चापागाई गृह मन्त्रालयमा पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका छविलाल पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस