एम्बाप्पेको सुखद सुरुवात, रियलले जित्यो सुपर कपको उपाधि

काठमाडौं । स्पेनिस महारथी रियल मड्रिडले युइएफए सुपर कप जितेको छ । नेसनल रंगशालमा बुधबार राति भएको खेलमा रियलले एटलान्टालाई २-० ले पराजित गरेको हो ।

रियजको जितमा खेलको ५९औं मिनेटमा फेडेरिको भल्भर्डोले गोल गर्दै सुरुआती अग्रता दिलाए । उनले भिनिसियस जुनिअरको पासमा गोल गरेका हुन् । त्यसको ९ मिनेटपटि रियलले अग्रता दोब्बर बनायो । जुड बेलिङ्घमले उपलब्ध गराइदिएको पासमा एमबाप्पेले ६८औं मिनेटमा अर्को गोल थपे ।

केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गरेका हुन् । त्यसपछि कुनै गोल हुन सकेन र रियलले कीर्तिमानी छैटौं पटक उपाधिमाथि कब्जा जमाउन सफल भयो । रियलपछि एसी मिलान र बार्सिलोनाले ५-५ पटक यो उपाधि जितेका छन्‌ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस