नेपाली नाबालिगलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय

काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ । १४ वर्षीया एक बालिकालाई ‘तिमी दुःख पाएकी केटी रहेछौँ, हामीहरुले चाईनिज नागरिकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्‍यो भने तिम्रो भविष्य’ बन्छ भनि विभिन्न किसिमबाट ललाइ फकाइ मानव बेचविखन गरेको प्रहरीको भनाइ छ ।

विश्वास दिलाइ चाइनिज नागरिकबाट आर्थिक लाभ लिई साउन १३ गते विवाह गराइ कास्कीको पोखरा महानगरपालिका– ६ लेकसाईड स्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाइ राखेको अवस्थामा उद्दार गरिएको हो ।

पीडितको आमाले पीडितलाई बेचविखन गर्ने उद्देश्यले ललाइ फकाइ प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगि बन्धक बनाइ राखेका हुँदा कारवाही गरी पाँउ भनी मानव वेचविखन तथा ओसार पसार कसुरमा साउन २९ गते कास्की कार्यालयमा जाहेरी दरखास्त पेस गरेकोले तत्काल प्रहरी कार्यालय कास्कीबाट खटिएको अनुसन्धान टोलीद्वारा १ जना विदेशी नागरिकसहित ३ जनालाई पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बसपार्कमा छैन दसैँको अग्रिम टिकट काट्नेको ठूलो भीड

काठमाडौं । सरकारले शनिबारबाट दसैँका लागि लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

प्रतिकृया दिनुहॊस